जग्गा ठगी आरोपमा वडा अध्यक्ष र नायब सुब्बासहित तीन जना थुनामा
काठमाडाैं | बैशाख २४, २०७९
सङ्खुवासभा: भोटखोला गाउँपालिका– ४ का एक बृद्धाको जग्गा ठगी आरोपमा पक्राउ परेका वडा अध्यक्ष, मालपोत कार्यालयका कर्मचारी र ठगिमा संलग्न एक जनालाई विहीबार पुर्पक्षका लागि थुनामा पठाईएको छ । जिल्ला अदातल चैनपुरले वडा अध्यक्ष किन्साङ भोटे, मालपोत कार्यालयका नायव सुब्बा महेन्द्र पराजुली र स्थानीय सुरेन्द्र तामाङलाई कारागार पठाईएको हो ।
स्थानीय ६२ बर्षीया बिममाया तामाङको जग्गा जालसाजी गरि वडा अध्यक्ष भोटे, नासु पराजुली र स्थानीय तामाङले उनीहरुका नाममा पास गरेपछि बिममाया तामाङले उजुरी दिनुभएको थियो । तामाङको उजुरीको आधारमा ७ जनालाई प्रहरी पक्राउ गरि अनुसन्धान सुरु गरेको थियो ।
पक्राउ परेका अनिस गुरुङ, निमा लाजुङ भोटे र कल्पना शेर्पा जनहि दुई लाख पचास हजार रुपियाँ धरौटी बुझाएर छुटेका छन् । त्यस्तै, पासाङ शेर्पालाई एक लाख रुपैयाँ रुपैयाँ धरौटीमा छोडिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । अदालतले तोके बमोजिमको धरौटी रकम जम्मा गरेपछि तारेखमा छोडिसकिएको समेत जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक लालध्वज सुवेदीले जानकारी दिनुभयो ।
अध्यक्ष भोटेले बिममायालाई बृद्धाभत्ताको कार्ड बनाई दिने भन्दै सदरमुकाम खाँदबारी ल्याएर प्रशासन कार्यालयबाट नागरिकताको प्रतिलिपि बनाएका थिए । उक्त नागरिकताको प्रतिलिपी प्रयोग गरेर मालपोत कार्यालयबाट बिममायाको जग्गा पास गरिएको थियो । बिममायाको आमा बुवाको मृत्युपछि एकल हकदार रहेको बिममायाको नाममा जग्गा पास गर्ने क्रममा कित्ता नम्बर २७५ र २८० को २७ रोपनी जग्गा उनीहरुले आफ्नो नाममा पास गरेका थिए । उक्त दिन नासु पराजुली मालपोत कार्यालयको कार्यबाहक प्रमुख थिए ।
उक्त जग्गा अप्पर अरुण जलविद्युत आयोजना निर्माण स्थलमा पर्छ । आयोजनाबाट जग्गाले मुआब्जा पाउने भएपछि जनप्रतिनिधी, कर्मचारी र आफन्त पर्ने तामाङको मिलेमतो गरि ठगि गरेका हुन् । उक्त जग्गा ‘गिरोह’हरुको नाममा गईसकेपछि मात्र बिममायाले थाहा पाएपछि प्रहरीमा उजुरी दिनुभएको थियो ।
कास्की २ मा नेपाली कांग्रेसका उम्मेदवार माधवप्रसाद बास्तोला ‘मधु’ लडेर घाइते भएका छन् । उनी निर्वाचनका लागि घरदैलो गर्ने क्रममा पोखरा ११ फूलबारीमा सिँढीबाट लडेका हुन् । ...
पोखरा महानगरपालिका १ टुंडिखेलमा जारी ‘नवौं विरेन स्मृति एवम् १९ औं बिटी कप सेभेन ए साइड खुल्ला फुटबल प्रतियोगितामा आज (आइतबार) देखि दोस्रो चरणका खेल सुरु भएको छ । बुद्धटोल युवा क्लबको आ...
भारतले साफ यु १९ महिला फुटबल च्याम्पियन्ससिपको उपाधि जितेको छ। भारतसँग ४-० ले पराजित भएपछि बंगलादेशले उपाधि रक्षा गर्न सकेन । पोखरा रगंशालामा आज भएको फाइनलमा बंगलादेशलाई हराएपछि भारत ...

